२० वैशाख, जनकपुरधाम । महोत्तरीमा वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिफारिस गरेको आधारमा वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति …
पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो।
झापा : भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको झापामा कोरोना भाइरस फैलिने अवस्था भयावह देखिएसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ।जिल्लामा वैशाख १९ गतेदेखि लगाइएको आंशिक निषेधाज्ञाको निर्णयलाई पुनः सच्याउँदै प्रशासन कार्यालयमा मंगलबार बेलुका बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले वैशाख २२ गते बुधवार मध्यराति १२ बजेदेखि वैशाख ३१ गते मध्यराति १२ सम्म पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमु
कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञ जारी गर्ने निर्णय गरेको हो।...
रोल्पा – कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नु...
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको निषेधाज्ञा झन् कडा गर्दै वैशाख ३१ गतेसम्म लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमवार आदेश जारी गर्दै वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू हुने जनाएका छन् ।
आदेशमा सार्वजनिक निर्माणका लागि निर्माणस्थल बाहिर सवारीसाधन चलाउन वा मानिस आवतजावत गर्न नपाइने उल्लेख छ । यसअघि निर्माण सामग्री ढुवानीका साधन सञ्चालन गर्न दिइएको थियो ।
जनकपुरधामः कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले बुधबारदेखि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने बताए। प्रजिअ भट्टराईले…
कञ्चनपुर – स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घाेषणा गरेकाे निषेधाज्ञा सुरु भएको छ। कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएकाे हाे ।
यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकाे दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी ग...
पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले बताए ।कोरोना संक्रमणको दर तीव्र गतिले बढ्न थालेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय
वैशाख १४, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख २२ गतेदेखि फेरि एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको हो । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालका अनुसार १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।
मन्त्री ढकालले भने ‘उहाँहरु (प्रमुख जिल्ला अधिकारीहरु) ले एक साता गर्ने निर्णय गर्नुभएको छ । तर, त्यतिले पुग्दैन भन्ने हो’।
उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द हुनेछन् । त्यसैगरी एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसको सवारी भने चल्नेछन् ।
सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक आवतजावतमा प्रतिवन्ध लगाइने छ । खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार भने खुला गरिने स्रोतले बताएको छ ।
काठमाडौं। कोरोना रोकथामको लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि जारी निषेधाज्ञा आदेशमा यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन्। सार्वजनिक एवं नीजि सवारी साधन, सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, जिमखानालगायतका क्षेत्र बन्द गरिएको छ।