काठमाडौं उपत्यकामा वैशाख २२ देखि फेरि १ हप्ता निषेधाज्ञा लम्बिने

वैशाख १४, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख २२ गतेदेखि फेरि एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको हो । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालका अनुसार १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । मन्त्री ढकालले भने ‘उहाँहरु (प्रमुख जिल्ला अधिकारीहरु) ले एक साता गर्ने निर्णय गर्नुभएको छ । तर, त्यतिले पुग्दैन भन्ने हो’।  उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द हुनेछन् । त्यसैगरी एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसको सवारी भने चल्नेछन् । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक आवतजावतमा प्रतिवन्ध लगाइने छ । खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार भने खुला गरिने स्रोतले बताएको छ ।

सम्बन्धित सामग्री

आज २०८० साल वैशाख २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल वैशाख २२ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : प्रशन्नता मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। वृष : बोल्दा ख्याल गर्नुहोला। शिक्षाको […]

वैशाख २२ देखि चितवन महोत्सव

तीन दिने सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी वैशाख २२ देखि २४ सम्म चितवनमा हुने भएको छ । चितवनका उद्योगीको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फुटेक्स ट्रेड फेयर एण्ड इभेन्टसको व्यवस्थापकीय साझेदारीमा सो महोत्सव हुन लागेको हो […]

गोरखनाथ मन्दिरमा वैशाख २२ देखि रोट महोत्सव

३ वैशाख, गोरखा । गोरखनाथ मन्दिरमा वैशाख २२ देखि जेठ १ गतेसम्म रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिन महोत्सव गर्न लागिएको हो । गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि यसलाई महोत्सवकै रूपमा अगाडि बढाउन थालिएको […]

‘सी’ डिभिजन लिग आउँदो वैशाख २२ गतेदेखि सुरु हुने

काठमाण्डाै - शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आउँदो वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले क्लबसँगको छलफलपछि हिजो मिति तय गरेको हो । एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए । एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो । तर मिति भने तय हुन सकेको छैन । ...

आज २०७९ साल वैशाख २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०७९ साल वैशाख २२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। […]

खुला पौडी वैशाख २२ मा हुने

२४औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ ।नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो । प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि […]

वैशाख २२ गते खुल्ला पौडी प्रतियोगिता हुने

२४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो । प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ ।  प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ  ।दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद प्रतियो

स्थानीय चुनावको मिति प्रस्ताव : पहिलो चरण– वैशाख १४, दोस्रो चरण– वैशाख २२

निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै चुनावको मिति प्रस्ताव गरेका हुन् । देशैभर एकै चरणमा चुनाव गर्न सम्भव नभए पहिलो चरण वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्न सकिने प्रस्ताव गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मितिबारे गरिएको प्रस्ताव सार्वजनिक गरेका छन् । यस्तो छ विज्ञप्ति –

वैशाख २२ पछि ९ सय ७५ संक्रमितको शव सेनाद्वारा व्यवस्थापन

काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि मृतकको संख्या ह्वात्तै बढेको छ । नेपाली सेनाको शव व्यवस्थापन टिमले वैशाख २२ यता ९ सय ७५ संक्रमितको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमणबाट काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । वैशाख २२ भन्दा पछि काठमाडौं उपत्यकामा ५ सय ३ जनाको शव व्यवस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।गतवर्ष चैतबाट कोभिड संक्रमण शुरु भएसँगै नेपाली

रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

रोल्पा – कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।  सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नु...