कञ्चनपुरमा निषेधाज्ञा झन् कडा, वैशाख ३१ गतेसम्म लागू

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको निषेधाज्ञा झन् कडा गर्दै वैशाख ३१ गतेसम्म लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमवार आदेश जारी गर्दै वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू हुने जनाएका छन् । आदेशमा सार्वजनिक निर्माणका लागि निर्माणस्थल बाहिर सवारीसाधन चलाउन वा मानिस आवतजावत गर्न नपाइने उल्लेख छ । यसअघि निर्माण सामग्री ढुवानीका साधन सञ्चालन गर्न दिइएको थियो ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा निषेधाज्ञा एक हप्ता थप

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको हो। यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ।