रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

रोल्पा – कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।  सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नु...

सम्बन्धित सामग्री

संक्रमित बढेसँगै स्थानीय प्रशासनले निशेधाज्ञा बढ्यो एक गाँउपालिका सिल

हिमाली जिल्ला मुगुमा कोरोनाका संक्रमित बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा पनि बढ्एको छ भने खत्याड गाउँपालिका सिल गरेको छ ।मुगुमा कोभिड–१९ कोरोना भाइरसको दोस्रो चरणको नयाँ भेरियन्ट नामक भाइरस मुगु जिल्लाका दूरदराजमा रहेका बस्तीहरुमा व्यापक रूपमा फैलिएपछि स्थानीय जिल्ला प्रशासन कार्यालय मुगुले २०७८ साल वैशाख २२ गते राति १२ बजेबाट सुरु गरेको निषेधाज्ञा जेठ मसान्तसम्म लागू […]

झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन बिहान ९ बजेसम्म पसल खोल्न दिने

झापा । झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। उनका […]

संक्रमणकाे जोखिम कायम रहेको भन्दै महोत्तरीमा निषेधाज्ञा जेठ ३१ सम्म थप

पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो।

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

महोत्तरी। महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ। जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभर लागू हुने गरी पुनः १० दिन थप गरेको हो। यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो। रासस

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

महोत्तरी। महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ। जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभर लागू हुने गरी पुनः १० दिन थप गरेको हो। यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो। रासस

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी।पहिलोपटक घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ। वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो।यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ।

महोत्तरीमा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप

जनकपुरधाम : स्थानीय पशासनले महोत्तरीमा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ।आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेस्म्मका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा १० दिन निषेधाज्ञा जिल्ला थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।कोरोना संक्रमणको दोश्रो लहरमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रशासनले गएको वैशाख २२ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी।पहिलोपटक घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ। वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो।यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ।

महोत्तरीमा जेठ १० गतेसम्म निषेधाज्ञा

महोत्तरी । महोत्तरीमा निषेधाज्ञाको समयावधि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले महोत्तरीले बिहीबार सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा संक्रमणको गति बढिरहेकाले शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जानकारी दिएका छन् ।यसअघि महोत्तरीमा वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । प्रजिअ

रोल्पामा पनि आजदेखि निषेधाज्ञा जारी

वैशाख २२, रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा पनि आज (बुधवार) देखि दुई साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधवार बिहान ६ बजेदेखी आगामी जेठ ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सरकारले पहाडी जिल्लामा २०० जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको भएपनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । रोल्पामा हालसम्म १०५ जना सक्रिय संक्रमित रहेका छन् । विशेष गरी गंगादेव, त्रिवेणी र रुन्टिगढी गाउँपालिकामा बढी संक्रमण फैलिएको र दोस्रो लहरमा मात्रै जिल्लामा ५ जनाको मृत्यु समेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।  छिमेकी जिल्लाहरु दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।