व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मा फिर्ता पठाउन सेनाको अटेर

काठमाडौं । व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मै फिर्ता गर्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश कार्यान्वयनमा सेनाले अटेर गरेको छ । सैनिक जवान गंगाधर ढकालविरुद्धको हत्यासम्बन्धी मुद्दा सिभिल कोर्टमै फिर्ता गर्न गत १४ कात्तिकमा सर्वोच्चले अन्तरिम आदेश गरेको थियो । तर, सेना ढकालविरुद्धको मुद्दामा पूर्ण फैसला नआएको भन्दै सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्ने पक्षमा छैन । ‘ढकालविरुद्धको मुद्दामा सर्वोच्चले […]