२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदको पौडीतर्फ २०० मिटर इन्डिभिजुअल मिड्लेमा डुआना लामाको आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरेर स्वर्ण जितेकी छिन् । फाइनलमा उनले निर्धारित दूरी २ मिनेट ३०.६७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि बिहान भएको हिटमा २ मिनेट ३१.४६ सेकेण्डको समय निकालेकी थिइन् । यो स्पर्धामा एपीएफकी रोयल प्रजापतिले […]