टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्। जापान ओलम्पिकमा सनसनिपुर्ण प्रदर्शन गर्नै क्रममा उनले आइतबार पाँचौ स्वर्ण जिते।आइतबार भएको चार गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण संख्या पाँच पुर्याए। ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते।उनीहरूले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मि