उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै सुरक्षित अवतरण

काठमाडौँ । पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए । उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको […]

सम्बन्धित सामग्री

विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि...

धनगढी : धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो। शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।धावन मार्गमा स्याल देखिएपछि जोखिम

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आकस्मिक अवतरण

मुस्ताङ उडेको समिट एयरको विमान पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । कास्कीका एसपी अजय केसीका अनुसारे उडेको केही मिनेटमा जहाज आकस्मिक अवतरण गरिएको थियो । प्राविधिक समस्या देखिएका कारण आकस्मिक अवतरण गरिएको वताइएको छ । जहाज बिहान ७ बजेर ५९ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो । विमानमा १८ प्यासेन्जर यात्रारत थिए । विमान र यात्रु सुरक्षित छन् ।

इन्जिन फेल भएको भनिएको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाजको दुईमध्ये एक इन्जिन फेल भएको छ। इन्जिन फेल भएको जहाजलाई पुनः काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको छ। बिहान काठमाडौंबाट उडेको क्यू-४०० सिरिजको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। जहाजमा समस्या आएलगत्तै…

श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण

काठमाडौं, २८ बैशाख । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको छ । जहाजको इन्जिन फेल भएपछि ८७ जना यात्रु बोकेर उडेको जहाज काठमाडौंमा  फर्काइएको हो । २२३ उडान नम्बरको जहाज अहिले काठमाडौंमा फर्काएर सुरक्षित अवतरण गराइएको त्रिभवन विमानस्थलले जनाएको छ । जहाजको प्राबिधिक जाँच गरिने भएको छ ।

दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएको छ । उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित […] The post दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘आकस्मिक’ अवतरण भएको बुद्ध एयरको जहाजमा कति थिए यात्रु ?

काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान २ घण्टापछि  सुरक्षित अतवरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा काठमाडौँ नै फर्काइएको उक्त जहाज सम्भावित दुर्घटनाबाट जोगिएको छ । सम्भावित दुर्घटना टार्न  त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स तथा उद्धारकर्ता तमतयार राखिएको पनि यात्रु र तिनका आफन्त चिन्तित थिए । विमानलाई […]

विराटनगरमा ल्यान्ड हुन नसकेको जहाज काठमाडौंमा १० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ । फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सकुशल अवतरण गरेको हो । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि […]

विराटनगरमा अवतरण नभएको बुद्ध एयरको जहाज काठमाडौँमा ‘आकस्मिक’ अवतरण

काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो । दुई घण्टा आकाशमा होल्ड भएको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा […]

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

११ असोज, काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार […]