दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएको छ । उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित […] The post दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

७३ जनाको ज्यान बचाएका बुद्ध एयरका पाइलट नै दोषी ठहर, के हुन्छ कारबाही ?

असोज ११ गते ल्याण्डिङ गेयर (पांग्रा) नखुलेर विराटनगरबाट काठमाडौँ फर्काएर सकसपूर्ण रुपमा अवतरण भएको बुद्ध एयरको जहाजका पाइलट दोषी देखिएका छन् । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गठन गरेको छानबिन समितिले पाइलट एजी शेर्पालाई दोषी देखाएको हो ।समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा पाइलटलाई दोषी ठहर गरिएको छ ।जहाजको पांग्रा खुलेको तर, पाइलटले चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण हुनुपर्ने बुद्धको जहाज काठमाडौँ फर्काएर आकस्मिक अवतरण गर्नुपरेको समितिको भनाई छ । यसो हुनुमा पाइलट नै जिम्मेवार हुने भन्दै समितिले आफ्नो प्रतिवेदनमा पाइलटलाई ३ महिना निलम्बन गर्न सिफारिस गरेको छ ।छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणले सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको जनाएको छ । समितिले बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो ।पाइलट झुक्किएका हुन् ?काठमाडौँबाट ७३ जना यात्रु (चालक दलका सदस्यसहित) बोकेर विराटनगर उडेको बुद्धको उक्त जहाज अवतरण हुने समयमा पांग्रा नखुलेपछि क्याप्टेन शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौँ फर्काए ।पांग्रा खुले नखुलेको यकिन नभएपछि पाइलटले अवतरण नगराउनु राम्रो पक्ष भएपनि अघिल्लो दिन रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको इपन्डकेटर बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्न पाइटलले नै बिर्सिएको प्रतिवेदनमा औल्याईएको छ ।समितिले जहाज उडानुअघि ककपिटका सबै बत्तीको अवस्था जाँच नगरिएको पाईएको जनाएको छ । यसलाई सामान्य गल्ती तथा कमजोरीले निम्त्याएको खतरा भएको पनि समितिले जनाएको छ ।‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) सूचनामा भर परेको देखियो,’ प्रतिवेदनमा भनिएको छ । अब कहिले उड्न पाउँछन् पाइलट शेर्पा ?पाइलट शेर्पा प्रशिक्षक पाइलट समेत हुन् । उनी बुद्धको एटीआर ४२ र ७२ जहाजका प्रशिक्षक पाइलट डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन् ।तर, यो घटनापछि बुद्धको डीसीपीको इजाजत ३ महिनाका लागि र प्राधिकरणमा भएको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरिएको छ । अब उनी बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा अनिवार्य उडेपछि मात्रै ‘रिलिज’ हुनेछन् । शेर्पाले आईपी ३ महिनापछि र डीसीपी ६ महिनापछि मात्रै पाउँने छन् ।को–पाइलट अन्सारी भने ५० घण्टा अनिवार्य उड्नुपर्नेछ ।

बुद्ध एयर प्रकरणः जहाज उडाएर पाइलटलाई मात्र प्रतिबन्ध किन ?

बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।जहाज रिलिजल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । क्याप्टेनलाई प्रतिबन्ध किन ?क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । चालक दलका सदस्यलाई प्रशिक्षणप्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । ‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’

प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।प्राविधिक टोलीको जाँचपछि

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट सञ्चालनमा आयो

सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको 9N-ANI जहाजमा गडबडी नभएको पुष्टि भएपछि मंगलबार बिहानबाट सञ्चालनमा आएको हो । उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विम

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट संचालन

१२ असोज, काठमाडौं । प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले […]