लुक्ला पुग्नै लाग्दा समिट एअरको इन्जिनमा समस्या, काठमाण्डौ फर्काएर सुरक्षित अवतरण

काठमाण्डाै – काठमाण्डौबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजको एउटा इन्जिन फेल भएपछि काठमाण्डौमा सुरक्षित अवतरण गराइएको छ । आज आइतवार बिहान ११ बजेर ५ मिनेटमा चालक दलका सदस्यसहित १८ जना बोकेर उडेको जहाजको लुक्ला पुग्ने बेलामा बायाँ इन्जिनले काम गर्न छाडेको थियो । त्यसपछि पाइलटले दायाँ इन्जिनको भरमा जहाज फर्काएका थिए । लुक्लामा आकस्मिक अवतरणका लागि पूर्वाधार र सामग्री नभएकाले बिहान पौने १२ बजे काठमाण्डौमा अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ...

सम्बन्धित सामग्री

लुक्लामा पनि इन–रुट वेदर क्यामरा

दुर्गम भेगको स्टल उडान सुरक्षित बनाउने उद्देश्यसहित काठमाडौं–लुक्ला सेक्टरमा इन–रुट वेदर क्यामरा जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी जानकारी गराउने इन–रुट वेदर क्यामरा...

समिट एयरको जहाज जोगियो दुर्घटनाबाट, काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्ला उडेको समिट एयर जहाजकाे दुर्घटनाबाट जोगिएको छ । उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौँमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । काठमाडौँबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौँ डाइभर्ट गरिएको थियो […]