खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा

१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै …

सम्बन्धित सामग्री

दिनभरिका १० मुख्य समाचार

तिहारको मुख्य तथा अन्तिम दिन आज, दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाइदिएका छन्। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १० बजेर ५१ मिनेटको साइत उत्तम रहेको थियो। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने […]

लमजुङ कारागारका कैदिबन्दीले लगाए भाइटीका

लमजुङ- लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए । पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदै दक्षिणा र उपहार दिए । कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाट गरी टीका लगाउने […]

दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना

१९ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ । आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ । राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ । […]

दक्षिणा पाउनुभयो ! अब यसो गर्नुस्, नत्र कारबाहीमा परिएला

दसैँमा टीकाको जति महत्त्व छ, त्यति नै दक्षिणाको पनि । ठुलाबडाको हातबाट आशीर्वाद टीका ग्रहण गरिसकेपछि दक्षिणाको रूपमा नगद पैसा पाइन्छ । जुन तपाईँले पनि पाउनुभयो होला । वा पाउँदै हुनुहुन्छ । याद गर्नु होस्, अब तपाईँले पाउने पैसा कसरी सुरक्षित राख्ने ? नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्नुहोस् । सकभर नोटमा कुनै पनि प्रकारको रङ नदल्नुहोस् । नोटमा जथाभाबी ¬लेख्ने, केरमेट गर्ने वा स्टिच गर्ने पनि नगर्नुहोस् । नोटलाई जलाउने वा च्यात्ने जस्ता गैर ऐन विपरीतका काम झु

विजयादशमी : नगद दक्षिणा कि डिजिटल दक्षिणा ?

असोज २९, काठमाडौं । बडादशैंको मुख्य दिन विजयादशमी शुक्रवार मान्यजनका हातबाट टीका,जमरा लगाएर मनाइदैंछ ।   दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने छाप पनि परेको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको मौका पारेर प्रत्येक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । तर पछिल्ला केहि वर्षदेखि डिजिटल दक्षिणाको अवधारणा तिव्र रुपमा विकास भइरहेको छ । त्यसो त यो वर्ष कुमारी बैंकलगायत विभिन्न बैंकहरुले बडादशैंमा ‘डिजिटल दक्षिणा’अभियान ल्याएका छन् । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वाद, डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले उक्त अभियान ल्याएको कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना रहेकाले डिजिटल दक्षिणाले कम गर्ने  कम्पनीका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले बताए । यस अभियान अन्तर्गत बडादशैंमा पाँच दिन (विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म), दिपावलीमा लक्ष्मी पूजादेखि भाईटिकासम्म तथा छठ पर्वको दिन कुमारी बैंक स्मार्ट मोवाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत् गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा कम्पनीले दिने छ । कुमारी बैंकले  मात्र नभई अन्य बैंकहरुले पनि यो वर्ष डिजिटल दक्षिणाको फ्रेमवर्क कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले दशैंमा नगदरहित डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक क्यास ब्याक उपहार दिने घोषणा गरेका छन् । तर यसरी दक्षिणा दिंदा मोबाइल बैंकिङ एप मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, कारोबारको विवरणमा दक्षिणा राख्नुपर्ने हुन्छ । यस वर्षको दशैंमा करीब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ  । केन्द्रीय बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गर्दछ । हुन त दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ र ? यस्ता प्रश्न पनि यदकदा गर्ने गरिन्छ । यसको उत्तर सोझोरुपमा भन्ने हो भने वास्तवमा छैन नै । दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध छैन । केन्द्रीय बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करी ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । नयाँ नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । नोटको आयु कति वर्ष हुन्छ भन्ने यकिन नभएता पनि जतन साथ प्रयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।  हुन पनि हो, दशैंमा नयाँ नोट प्रयोग गर्दा अबिर तथा टिका लाग्छ । दक्षिणाको रुपमा दिंदा त अबिर टिकादलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका लागेपछि नोटको आयु कम हुन्छ । र झुत्रो हुने गर्दछ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना कम भएकाले नेपालमा छोटो समयमै नोट काम नलाग्ने अवस्थामा पुग्ने गरेको छ ।  अझ भन्ने हो भने नगद दक्षिणा हराउने या चोरी हुने डर त छँदैछ । नगदरहित डिजिटल दक्षिणा चोरी हुने त कुरै भएन । यस कारण पनि दशैंमा  मात्र हैन अन्य पर्वमा पनि अव दक्षिणाको सट्टा डिजिटल दक्षिणालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको छ । डिजिटल दक्षिणा अभियानलाई नेपालमा अगाडि बढाउनको लागि केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।उनीहरुका अनुसार डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षामा पनि टेवा पुर्‍याउँछ ।

कुमारी बैंकको डिजिटल दक्षिणा अभियान

कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा डिजिटल दक्षिणा अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तबीचको बाध्यात्मक दूरीलाई माया र आर्शिवादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्य रहेको जनाएको छ ।चाडपर्वकै अवसरमा नयाँ नोटको आगमनमात्र नभई चाडपर्वमा टीका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले […]

एभरेष्ट बैंकद्वारा सन्देशमूलक भिडियो सार्वजनिक

काठमाडौँ– एभरेष्ट बैंकले दसैँलाई लक्ष्य गर्दै भावनात्मक तथा चेतनामूलक सन्देशसाथ भिडियो सार्वजनिक छ। दसैँलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ। साथै, टीका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकाले मानिसहरू बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन्। अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङको प्रयोग गरी सबै […]

पेटभर मासु खान दसैं पर्खने जमानाका हामी!

हामी छोराहरूलाई टीका लगाइदिएर घुचुक्क लात्ताले निधारमा हान्दै भन्नुहुन्थ्यो 'छोरालाई दक्षिणा दिँदैनन्, ल ढोगेर जा।' आँखाभरि आँसु टपल्किन्थे, तर झार्नु भएन। किनकि 'छोरो मान्छे भएर रुन्छस ?' भन्दै अरु दुई चार घुचुक भेटिन्थ्यो।

अभिनेत्रीहरुको दशैं दक्षिणा : कसले कति पाए? :: Pahilopost.com

यो दशैंमा शिल्पा पोख्रेल विराटनगर पुगिन्। उनको मुल घर नै विराटनगर हो। तीन वर्षपछि विराटनगरमा उनले दशैंको टीका थापिन्। दशैं रमाइलोमै बित्यो।  दशैंमा टीकासँगै पाएको दक्षिणा गनेर उनी मख्ख पर्छिन्। यसपाली उनले ८ हजार दक्षिणा पाइन्। भनिन् ‘शुरुमा त विराटनगर नै आइयो। तीन वर्षपछि बल्ल टीका लगाको विराटनगरमा।'  उनले