दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना

१९ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ । आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ । राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ । […]

सम्बन्धित सामग्री

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।...

‘दसैँमा दक्षिणा दिने चलन नेवारी समुदायको मौलिक होइन’

नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभाग प्रमुख हुन्, लक्ष्मी माली । नेपालमा रहेका सबै मातृभाषाका साहित्य, लोक साहित्य, लोकगीत, मिथक, लोककथाहरूलाई सङ्कलन गर्ने र त्यससम्बन्धी अनुसन्धानका काम यस विभागभित्र पर्छन् ।प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक थलोमा रही मातृभाषालाई जोगाउने काममा लागिपरेकी लक्ष्मी मालीले नेवारी समुदायले मनाउने बडा दसैँबारे रातोपाटीसँग विविध जानकारी साझा गरेकी छन् । हिन्दु, बौद्ध दुवैले दसैँ मनाउने दसैँमा दुर्गाको पूजा गरिने हुनाले हिन्दुहरूको महान् चाड भनिन

एनआईसीबाट रेमिट्यान्स बुझ्ने ग्राहकलाई बैंकले दिने भयो आकर्षक दक्षिणा

एनआईसीको पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना अन्तर्गत आकर्षक दक्षिणा दिने योजना बैंकले सुरु गरेको हो। एनआईसी एशिया बैंकले चाडपर्वलाई ...

एनआईसी बैंकले दक्षिणा दिने

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत एनआइसी बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले २०७९ असोज […]

तिहारको दक्षिणा र चौरासी व्यञ्जनको प्रसंग

प्रत्येक वर्षको भाइटीकाको दिन दिदीबहिनीलाई कति दक्षिणा दिने भन्ने विषयमा आम दाजुभाइ अन्यौलमा रहन्छन् । यसैगरी, सबैका दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई भाइटीकापछि कसरी चौरासी व्यन्जन खुवाउने होला भनी तनावमा रहन्छन् । यिनै सेरोफेरोमा यो आलेख तयार गरेको छु चौरासी व्यन्जन : प्रत्येक दिदीबहिनीले भाइटीकापछि आफ्ना दाजुभाइको स्वास्थ्य अवस्थाको ख्याल गरी चौरासी व्यञ्जनको भावना मिसाएको उपयुक्त खाना […]

घरज्वाइँ बसेर भाँडा माझ्दा के बिग्रन्छ ?

भर्खरै दशैं सिद्धियो । महान् चाड दशैं लगायत अन्य चाडमा ज्वाइँलाई ससुरालीमा विशेष महत्व दिने गरिन्छ । र, यो महत्वको निर्धारण दिने दक्षिणा, खुवाइने परिकार एवं गरिने आतिथ्यताले हुनेगर्छ । नेपाली समाजमा ज्वाइँलाई उच्च दर्जाको सम्बन्धमा राखिन्छ भन्दा फरक नपर्ला । ज्वाइँहरू पनि ससुराली जाँदा सुटेडबुटेड भएर अलि भलाद्मी जस्तो देखिएर जान्छन् । ढलेको सिन्को […]

विजयादशमी : नगद दक्षिणा कि डिजिटल दक्षिणा ?

असोज २९, काठमाडौं । बडादशैंको मुख्य दिन विजयादशमी शुक्रवार मान्यजनका हातबाट टीका,जमरा लगाएर मनाइदैंछ ।   दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने छाप पनि परेको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको मौका पारेर प्रत्येक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । तर पछिल्ला केहि वर्षदेखि डिजिटल दक्षिणाको अवधारणा तिव्र रुपमा विकास भइरहेको छ । त्यसो त यो वर्ष कुमारी बैंकलगायत विभिन्न बैंकहरुले बडादशैंमा ‘डिजिटल दक्षिणा’अभियान ल्याएका छन् । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वाद, डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले उक्त अभियान ल्याएको कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना रहेकाले डिजिटल दक्षिणाले कम गर्ने  कम्पनीका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले बताए । यस अभियान अन्तर्गत बडादशैंमा पाँच दिन (विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म), दिपावलीमा लक्ष्मी पूजादेखि भाईटिकासम्म तथा छठ पर्वको दिन कुमारी बैंक स्मार्ट मोवाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत् गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा कम्पनीले दिने छ । कुमारी बैंकले  मात्र नभई अन्य बैंकहरुले पनि यो वर्ष डिजिटल दक्षिणाको फ्रेमवर्क कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले दशैंमा नगदरहित डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक क्यास ब्याक उपहार दिने घोषणा गरेका छन् । तर यसरी दक्षिणा दिंदा मोबाइल बैंकिङ एप मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, कारोबारको विवरणमा दक्षिणा राख्नुपर्ने हुन्छ । यस वर्षको दशैंमा करीब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ  । केन्द्रीय बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गर्दछ । हुन त दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ र ? यस्ता प्रश्न पनि यदकदा गर्ने गरिन्छ । यसको उत्तर सोझोरुपमा भन्ने हो भने वास्तवमा छैन नै । दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध छैन । केन्द्रीय बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करी ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । नयाँ नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । नोटको आयु कति वर्ष हुन्छ भन्ने यकिन नभएता पनि जतन साथ प्रयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।  हुन पनि हो, दशैंमा नयाँ नोट प्रयोग गर्दा अबिर तथा टिका लाग्छ । दक्षिणाको रुपमा दिंदा त अबिर टिकादलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका लागेपछि नोटको आयु कम हुन्छ । र झुत्रो हुने गर्दछ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना कम भएकाले नेपालमा छोटो समयमै नोट काम नलाग्ने अवस्थामा पुग्ने गरेको छ ।  अझ भन्ने हो भने नगद दक्षिणा हराउने या चोरी हुने डर त छँदैछ । नगदरहित डिजिटल दक्षिणा चोरी हुने त कुरै भएन । यस कारण पनि दशैंमा  मात्र हैन अन्य पर्वमा पनि अव दक्षिणाको सट्टा डिजिटल दक्षिणालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको छ । डिजिटल दक्षिणा अभियानलाई नेपालमा अगाडि बढाउनको लागि केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।उनीहरुका अनुसार डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षामा पनि टेवा पुर्‍याउँछ ।

एभरेष्ट बैंकद्वारा सन्देशमूलक भिडियो सार्वजनिक

काठमाडौँ– एभरेष्ट बैंकले दसैँलाई लक्ष्य गर्दै भावनात्मक तथा चेतनामूलक सन्देशसाथ भिडियो सार्वजनिक छ। दसैँलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ। साथै, टीका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकाले मानिसहरू बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन्। अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङको प्रयोग गरी सबै […]

‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना अन्र्तगत १ लाख रुपैयाँ दिदै आई पे रेमिट

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आई पे रेमिटले  ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र...

आई पेले यसपालिको चाडपर्वमा दिनेछ १ लाखसम्मको दक्षिणा

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि अई पे रेमिटले  ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।