तिहारको मुख्य तथा अन्तिम दिन आज, दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाइदिएका छन्। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १० बजेर ५१ मिनेटको साइत उत्तम रहेको थियो। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने […]