जिल्ला अस्पतालमा अक्सिजनको अभाव, उपचारमा समस्या

विनोदसिंह विष्ट, बैतडी जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ । कोरोनाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको हो ।‘कोरोनाका जटिल खालका बिरामी बढ्दै छन्, अस्पतालमा अक्सिजनको अभाव छ, अक्सिजन चाहिने बिरामीहरुलाई अब भर्ना गर्न सकिने अवस्था छैन ।’ –अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले भन्नुभयो । जिल्ला अस्पतालमा उपचाररत १३ जना कोरोना बिरामीमध्ये […]

सम्बन्धित सामग्री

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव, उपचारमा समस्या

धनगढी- बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि उपचाररत बिरामीलाई समस्या भएकाे छ। अस्पतालमा संचालन गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजनको अभाव भएको अस्पतालले जनाएकाे छ। अक्सिजन पलान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेटरबाट मात्रै संचालन हुने हुँदा जिल्ला अस्पताल बाजुरामा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले […]

कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज

वाग्मती, ११ जेठ: वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो । मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कोभिड हेल्प […]

विपी प्रतिष्ठानमा अक्सिजन अभाव नरहेको सुनसरी प्रशासनको दावी

इनरुवा / जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान स्थित विपी प्रतिष्ठानमा अक्सिजनको अभाव नरहेको बताएको छ । पछिल्ला समय प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको सुनसरी प्रशासनले विपी प्रतिष्ठानबाट जारी विज्ञप्तीले जनमानसमा नकारात्मक भ्रम छरेको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अक्सिजन अभावमा प्रतिष्ठानमा उपचारमा समस्या परेको भन्ने विषय निराधार भएको बताए ।... The post विपी प्रतिष्ठानमा अक्सिजन अभाव नरहेको सुनसरी प्रशासनको दावी appeared first on Purbeli News.

हेटौंडा अस्पताललाई कांग्रेसले दियो ४० सिलिण्डर अक्सिजन

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई नेपाली कांग्रेस मकवानपुरको कोभिड –१९ अनुगमन समितिले ४० सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको छ। समितिले पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको हो। समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई हस्तान्तरण गरेका छन्। अस्पतालमा अक्सिजनको अभाव भएर कोरोना संक्रमितको उपचारमा समस्या भएपछि समितिले अक्सिजनको व्यवस्था गरेर बिरामीको उपचारमा सहयोग गरेको संयोजक इटेनीले बताए। ...

हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ कोरोना भाइरसका विरामीहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो। अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन आवश्यक पर्ने विरामीको उपचार गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा कोभिड–१९…

वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो १०० ओटा बेडको अस्थायी कोभिड अस्पताल

वैशाख २४, वीरगञ्ज । कोरोना संक्रमित बढेर उपचारमा समस्या आएपछि वीरगञ्ज महानगरपालिकाले १०० ओटा बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वीरगञ्जको लक्ष्मीनारायण मन्दिर गोपाल मण्डली धर्मशालामा शुक्रवारदेखि अक्जिनससहितको अस्थायी अस्पतालबाट सेवा शुरू गरिएको हो । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले अस्थायी अस्पतालको उद्घाटन गरेका छन् । कोभिड अस्पतालमा पहिलो संक्रमितको रुपमा महानगर उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् । कार्की ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बस्दै आएकी थिइन् । अस्थायी अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गरिने प्रमुख सरावगीले बताए । वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजलगायतका केही निजी अस्पतालमा कोरोनाको उपचार भइरहे पनि संक्रमित बढेपछि बेड र अक्सिजनको अभाव देखिएको छ ।  कोरोना संक्रमितको उपचार सहज बनाउन महानगरले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको वीरगञ्ज महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । सोही धर्मशालामा १०० ओटा बेडको आईसोलेशन केन्द्र पनि सञ्चालन गरिएको उनले बताए । घरमा आईसोलेशनमा बस्न अप्ठेरो परेका संक्रमितको व्यवस्थापनका लागि सामुहिक आईसोलेशन तयार पारिएको महानगरले बताएको छ । महानगरले यसअघि होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा होटेल आईसोलेशन सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव, संक्रमितको उपचारमा समस्या

मागअनुसार आपूर्ति नहुँदा रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ