हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई नेपाली कांग्रेस मकवानपुरको कोभिड –१९ अनुगमन समितिले ४० सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको छ।
समितिले पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको हो। समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई हस्तान्तरण गरेका छन्।
अस्पतालमा अक्सिजनको अभाव भएर कोरोना संक्रमितको उपचारमा समस्या भएपछि समितिले अक्सिजनको व्यवस्था गरेर बिरामीको उपचारमा सहयोग गरेको संयोजक इटेनीले बताए।
...