वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो १०० ओटा बेडको अस्थायी कोभिड अस्पताल

वैशाख २४, वीरगञ्ज । कोरोना संक्रमित बढेर उपचारमा समस्या आएपछि वीरगञ्ज महानगरपालिकाले १०० ओटा बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वीरगञ्जको लक्ष्मीनारायण मन्दिर गोपाल मण्डली धर्मशालामा शुक्रवारदेखि अक्जिनससहितको अस्थायी अस्पतालबाट सेवा शुरू गरिएको हो । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले अस्थायी अस्पतालको उद्घाटन गरेका छन् । कोभिड अस्पतालमा पहिलो संक्रमितको रुपमा महानगर उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् । कार्की ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बस्दै आएकी थिइन् । अस्थायी अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गरिने प्रमुख सरावगीले बताए । वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजलगायतका केही निजी अस्पतालमा कोरोनाको उपचार भइरहे पनि संक्रमित बढेपछि बेड र अक्सिजनको अभाव देखिएको छ ।  कोरोना संक्रमितको उपचार सहज बनाउन महानगरले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको वीरगञ्ज महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । सोही धर्मशालामा १०० ओटा बेडको आईसोलेशन केन्द्र पनि सञ्चालन गरिएको उनले बताए । घरमा आईसोलेशनमा बस्न अप्ठेरो परेका संक्रमितको व्यवस्थापनका लागि सामुहिक आईसोलेशन तयार पारिएको महानगरले बताएको छ । महानगरले यसअघि होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा होटेल आईसोलेशन सञ्चालनमा ल्याइसकेको छ ।     

सम्बन्धित सामग्री

बेल्टारको कोभिड अस्पताल पुनः सञ्चालनमा

चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ। उक्त अस्पताल दुई महिनादेखि बन्द थियो।

महेन्द्रनगरमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुँदै

महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ।

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

स्थानीय तहमा अक्सिजनसहित कोभिड अस्पताल

खलङ्गा, १४ जेठ: कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । त्यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरिएको त्यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा […]

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु

काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ ।काठमाडौं महानगरको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हो । कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैयाँ र मासिक सञ्चालन खर्चवापत् […]

जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल

चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।

विराटनगरमा भेन्टिलेटरसहितको ६२ शय्याको 'कोभिड अस्पताल' सञ्चालनमा

विराटनगरको कोशी अस्पतालमा भेन्टिलेटरसहितको ६२ शय्याको 'कोभिड अस्पताल' सञ्चालनमा आएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस

५ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. भीष्म अधिकारीलाई नियुक्त गरेको छ । प्रदेशको नीति […]

काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। कोरोना संक्रमणको चापलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका वीर, पाटन, टेकू लगायतका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताए। निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिएको बताए।