त्रिवर्षीय बजेट विनियोजन तथा खर्च प्रक्षेपण : रू. ५४ खर्ब ३८ अर्ब ४७ करोड खर्च हुने

काठमाडौं । सरकारले अघि सारेका राष्ट्रिय महत्वका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी ३ वर्षको अवधिमा रू. ५४ खर्ब ३८ अर्ब ४७ करोड खर्च हुने प्रक्षेपण गरिएको छ । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगले त्रिवर्षीय बजेट विनियोजन तथा खर्च प्रक्षेपण गरेको हो । मध्यमकालीन खर्च संरचनामा त्रिवर्षीय बजेट र खर्चको अनुमान प्रस्तुत गर्दै हालै आयोगले तयार गरेको प्रतिवेदनमा आगामी वर्ष २०७८/७९ मा १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजनको लक्ष्य राखिएको छ । यसै अनुसार अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ मा अध्यादेशमार्पmत बजेट ल्याइसकेका छन् । आगामी साउनदेखि बजेट पूर्णरूपमा कार्यान्वयनमा लैजाने तयारीमा अर्थ मन्त्रालय छ । यति बेला सबैजसो मन्त्रालय बजेट कार्यान्वयनको खाका निर्माणमा जुटिरहेका छन् । आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब १० करोडको बजेट विनियोजनको प्रक्षेपण गरिएको छ । उक्त आवमा चालू खर्चतर्फ रू. ६ खर्ब ६३ अर्ब १४ करोड, पूँजीगत अर्थात् विकासतर्फ ४ खर्ब १९ अर्ब ६७ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३२ अर्ब २३ करोड आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, ४ खर्ब ७८ अर्ब स्थानीय तह/प्रदेश तहलाई पठाउन वित्तीय हस्तान्तरण अन्तर्गत उक्त वर्षमा छट्ट्याउनुपर्ने प्रक्षेपण गरिएको छ । यस्तै, आव २०८०/८१ को आयोगले गरेको प्रक्षेपणमा कुल बजेट १९ खर्ब ९७ अर्ब ८० करोड आवश्यक पर्नेछ । चालूतर्पm ७ खर्ब ३ अर्ब २३ करोड, पूँजीगततर्फ ४ खर्ब ६० अर्ब ४९ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ६६ अर्ब ८१ करोड र वित्तीय हस्तान्तरणका लागि ५ खर्ब ६७ अर्ब २६ करोड खर्च हुने प्रक्षेपण आयोगको छ । सरकारले आर्थिक वर्ष २०५९/६० देखि नेपालमा मध्यमकालीन खर्च संरचनाको प्रयोग गर्दै आएको छ । मध्यमकालीन खर्च संरचनाअन्तर्गत सरकारका क्षेत्रगत प्राथमिकता, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने खर्च र सोको पूर्तिका लागि अन्तरिक आय, आन्तरिक ऋण, वैदेशिक अनुदान तथा ऋण, आन्तरिक ऋणको त्रिवर्षीय अनुमान गरी समष्टिगत खाका निर्धारण हुने गरेको आयोगका अधिकारीहरू बताउँछन् । आयोगका अनुसार स्रोतको अनुमानसमेत गरिएको छ । ३ वर्षको अवधिमा कुल खर्च गरिनुपर्ने ५४ खर्ब ३८ अर्ब ४९ करोडमध्ये राजस्वबाट ३५ खर्ब ७५ अर्ब १० करोड धान्ने प्रक्षेपण गरिएको छ । वैदेशिक अनुदानबाट रू. १६ खर्ब ८५ अर्ब ७६ करोड र वैदेशिक ऋणबाट रू. ९ खर्ब १६ अर्ब ८९ करोड तथा आन्तरिक ऋणबाट रू. ७ खर्ब ७७ अर्ब ९० करोड स्रोत जुटाउने प्रक्षेपण गरिएको छ । मध्यमकालीन खर्च संरचना तयार गर्दा एकातर्पm ३ वर्षको बजेटको सामान्य पूर्वानुमान शुरूमै गरिन्छ भने बजेटको कार्यान्वयनबाट ३ वर्षमा प्राप्त हुने प्रतिफलको पनि अनुमान गरिँदै आएको छ । यसरी निर्धारण भएको स्रोतभित्र रहेर मन्त्रालय एवम् निकायले नीति तथा कार्यक्रम कार्यान्वयनको क्रममा लाग्ने खर्च रकमको अनुमान गर्नुपर्ने आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताए । स्रोत परिचालनतर्फ विद्यमान कोभिड संक्रमणको अवस्था तथा आवश्यकताका आधारमा सरकारको वित्तीय आकारलाई दृष्टिगत गर्दै स्रोत आकलन गरिएको उनको भनाइ छ । २०७६/७७ मा र २०७७/७८ मा कोभिडका कारण राजस्व परिचालनमा कठिनाइ भए पनि आगामी ३ वर्षमा औसत १७ प्रतिशतले वृद्धि हुने आकलन आयोगले गरेको छ ।

सम्बन्धित सामग्री

दुई करोड थप बजेट विनियोजन

रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटलाई विभिन्न योजनामा बजेट विनियोजन गरेको हो । गाउँसभाले बृहत घोप्टेखोला र बृहतचिम खोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत […]

कर्णालीमा फोहोरबाट विद्युत निकाल्न बजेट विनियोजन

यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।...

टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि बजेट विनियोजन

दाङको तुलसीपुरस्थित टारिगाउँ एयरपोर्ट स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ । आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तार गर्न टरिगाउँ एयरपोर्टसहित डडेलधुरा, बागलुङ, टिकापुर, चौरजहारी, टिकापुर, उदयपुरलगायतको हवाई सेवा...

समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग

पोखरा-गण्डकी प्रदेशका ११ वटै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको बजेट सम्बन्धि छलफलम प्रदेश सांसदहरुले चालु आर्थिक वर्षमा असमान ढंगले बजेट विनियोजन भएकोमा गुनासो गर्दै आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग गरेका हुन् ।सांसदहरुले क्रमागत तथा प्रदेशका रणनीतिक एवं गौरवका […]

गाउँसभाबाट बजेट विनियोजन

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको १४औं गाउँसभाट थप दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको हो ।वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग भएका क्रमागत योजनाका लागि उक्त बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिए । उनका […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट विनियोजन

प्रदेश सभा सदस्यहरुले विनियोजन गर्ने निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत लमजुङका दुवै निर्वाचन क्षेत्रको योजना छनौट र बजेट विनियोजन भएको छ । निर्धारित समय भन्दा झण्डै दुई महिना ढिलाई गरेर बजेट विनियोजन भएको हो ।गण्डकी प्रदेश सभा सदस्यहरुले मंसिर महिनाको पहिलो साताभित्रै योजना छनौट गरी बजेट विनियोजन गर्नुपर्नेमा माघ लागेपछि मात्रै छनौट भएका योजना तथा बजेट […]

नगरसभाबाट बजेट विनियोजन

बेनी नगरपालिकामा आयोजित १०औं नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ । बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई आठ लाख रुपैयाँका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई आठ लाखका दरले सो बजेट विनियोजन गर्दै पारित […]

बजेट विनियोजन भएको दुई सातामै योजना सम्पन्न

मनाङमा बजेट विनियोजन गरेको दुई साता नबित्दै एउटा योजना सम्पन्न भएको छ । मनाङ प्रदेश सभा खतर्फको स्थानीय पूर्वाधार विकास बजेट विनियोजन भएको दुई साता नबित्दै नासोङमा अस्थायी पुल निर्माण सम्पन्न भएको हो ।प्रदेश सभाका लागि मनाङ ‘ख’ बाट निर्वाचित सांसद चिन्ताबहादुर घलेले नासोङ गाउँपालिका–१, अन्तर्गत सिरानतालमा काठेपुल निर्माणका लागि दुई लाख विनियोजन गरेका थिए […]

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९  योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।  नागरिक उड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रालयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको व

निर्वाचनलाई पनि बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो कात्तिकमा हुने निर्वाचनलाई चाहिने बजेट विनियोजन गरेको बताएका छन्। उनले आज पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनका लागि बजेट विनियोजन गरिएिको जानकारी दिएका हुन्। भने, ‘हामीले निर्वाचनलाई बजेट नछुट्याएको भन्ने समाचार देखियो। तर त्यस्तो होइन।’