कोरोना भाइरस सगरमाथा पुग्यो, एक आरोहीमा संक्रमणको पुष्टि

एजेन्सी। सगरमाथा आरोहणको लागि केही दिनदेखि आधार शिविरमा रहेका नर्वेजियन आरोही एरलेण्ड नेसमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। बिहीबार उनलाई कोरोना संक्रमण रहेको थाहा भएको थियो। त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार काठमाडौं ल्याइएको थियो। उनलाई अस्पतालमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। यस वर्षको वसन्त याममा ३३८ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न अनुमति लिएका छन्।

सम्बन्धित सामग्री

६ हजार ९ सय ६४ जना सगरमाथाको चुचुरोमा

कोरोना भाइरस(कोभिड–१९) महामारीका विचमा पनि यसै वसन्त ऋतु (२०७८ साल) मा ४५७ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथा हेल्थ फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

डोटी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सगरमाथा हेल्थ फाउन्डेसनले डोटीमा स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । फाउन्डेसनले जिल्ला अस्पताल, शिखर नगरपालिका र सायल गाउँपालिकालाई स्वास्थ्य सामाग्रीहरू वितरण गरेको हो ।

सगरमाथा संवाद आगामी अक्टोबरमा गर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको अक्टोबरमा सगरमाथा संवादको आयोजना गर्ने जनाएका छन्। आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। सगरमाथा संवादको पहिलो सम्मेलन गत वर्ष गर्ने तयारी गरिएको थियो। तर कोरोना भाइरस महामारीका कारण स्थगन गरिएको थियो। सगरमाथा सम्वादमा जलवायु परिवर्तन र यसका असरका बारेमा विश्वभरबाट पाहुना बोलाई छलफल गरिने तयारी रहेको छ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भन्छ- सगरमाथामा कोरोना फैलिएको छैन

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधारसिबिरमा कोरोना भाइरस फैलिएको समाचारको खण्डन गरेको छ। मन्त्रालयले आरोहणका लागि सगरमाथा गएका सबै टोलीमा एक जना सम्पर्क अधिकृत खटाएको बताएको छ। उनीहरुबाट अहिलेसम्म आधिकारिक रुपमा सूचना नआएकाले कोरोना फैलिएको समाचार अपुष्ट हो। यसैगरी, सगरमाथा पठाउनेक्रममा सबै आरोहीको पीसीआर परिक्षण गराएको मन्त्रालयको भनाइ छ।

सगरमाथामा पनि पुग्यो कोरोना भाइरस

हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यही वैशाख …

सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण

सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो। सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले बताइन्। यस अघि ८ जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ। रासस

सगरमाथा आधार शिविरमा बन्यो क्वारेन्टाइन (फोटो फिचर सहित )

सगरमाथा आधारशिविर (पाँच ३६५ मिटर) मा कोरोना भाइरस(कोभिड १९) को संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका उनीहरूलाइ एक साता क्वारेन्टाइनमा राखिएको जनाएको हो ।

सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारले ‘अनुमतिविनै कोरोना खोप ल्याए’

काठमाण्डौ – बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै काेराेना भाइरसकाे खाेप ल्याइएकाे पाइएकाे छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् ।  बहराइनका राजकुमार अस्ट्राजेनेका खोपको दुई हजार डोजसहित सगरमाथा आरोहणका लागि गएको सोमवार नेपाल आउनुभएको थियो ।  नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ ।  बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो ख...

सगरमाथा संवाद स्थगित

अप्रिल २ देखि ४ तारिखसम्म हुने भनिएको सगरमाथा सम्वाद स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिएपछि सरकारले सगरमाथा सम्वाद स्थगित गर्ने निर्णय गरेको हो।