सगरमाथा संवाद आगामी अक्टोबरमा गर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको अक्टोबरमा सगरमाथा संवादको आयोजना गर्ने जनाएका छन्। आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। सगरमाथा संवादको पहिलो सम्मेलन गत वर्ष गर्ने तयारी गरिएको थियो। तर कोरोना भाइरस महामारीका कारण स्थगन गरिएको थियो। सगरमाथा सम्वादमा जलवायु परिवर्तन र यसका असरका बारेमा विश्वभरबाट पाहुना बोलाई छलफल गरिने तयारी रहेको छ।

सम्बन्धित सामग्री

सगरमाथा संवादको तयारी हुँदै

जलवायु परिवर्तनका कारण पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्या उठान गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्ने भएको छ । यसअघि सगरमाथ संवाद गर्नेबारे दुईपटक मिति तय भएर पनि स्थगित भएको थियो ।  नेपाले...

‘सगरमाथा संवाद’ कोप–२६ अघि गर्ने तयारी

कोभिड–१९ का कारण स्थगित ‘सगरमाथा संवाद’ कार्यक्रम जलवायु परिवर्तनलाई लिएर बेलायतमा हुने कोप–२६ अघि नै गर्न सरकारले तयारी थालेको छ । नेपालसहित विश्वका विभिन्न मुद्दालाई अन्तर्राष्ट्रिय तहमै वैचारिक छलफल गर्न परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको थालनी गर्न लागेको हो ।

सगरमाथा संवाद आयोजन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो तयारी

कोरोना महामारीका कारण गत वर्ष अन्तिम समयमा स्थगन गरिएको सगरमाथा संवाद आयोजना गर्न पुनः तयारी थालिएको छ । गत वर्ष अपि्रल २-४ सो सम्मेलन तय भएको थियो । जलवायु परिवर्तनका विषयको विषयमा नेतृत्व लिने उदेश्यले नेपाल सरकारले सो संवाद आयोजना गर्न लागेको हो । कोरोनाको संक्रमण कम हुँदै गएको र भ्याक्सीनको उपलब्धता पनि हुँदै गएकाले […]

डायलासिसपछि आराम गर्दै ओली: सगरमाथा संवादमा गएनन्, सचिवालय बैठक पनि स्थगित

काठमाडौं : नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। याक एन्ड यति होटलमा तय भएको कार्यक्रम प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी थियो। तर, ओली अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन्। यस्तै, आजका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी

राष्ट्रिय स्तरमा सगरमाथा संवादको तयारी

राष्ट्रिय स्तरको सगरमाथा संवादका विभिन्न सत्रमा हुने छलफलको विषयको टुङ्गो लागेको छ । नेपालले विश्वको ध्यानाकर्षण गर्दै आगामी चैतमा विश्वस्तरीय सगरमाथा संवाद आयोजना गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको यो संवाद सफल तुल्याउन अभ्यासस्वरूप राष्ट्रिय संवादको तयारी भइरहेको हो ।