साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ । शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो ।साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए । उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो ।राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डो¥याउने बताए । यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ ।उत्त, अबसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीहरूको सामना गर्न अन्तरराष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे । सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेदेखि आफ्नो पहिलो मध्य पूर्व भ्रमणको अन्तिम दिनमा बाइडेन शिखर सम्मेलन उपस्थित भएका हुन् ।