साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

साउदी अरबको ऊर्जा मन्त्रालयले आगामी मेदेखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक)का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्वेच्छिक कटौती ३३ औँ ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय बैठकमा […]

सम्बन्धित सामग्री

तेल उत्पादन कटौतीको प्रभाव

कच्चा तेल (क्रुड आयल)मा आएको गिरावटले ओपेक समूह देशको चिन्ता बढेको छ । यसैबीच, साउदी अरबले जुलाईदेखि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने बताएको छ । यसको कारण ओपेक समूहले...

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं । साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई महीनामा दैनिक अरु १० लाख ब्यारेल तेल उत्पादन घटाउने अनि यो म्याद थप्ने घोषणा गर्यो ।  योसँगै साउदीको दैनिक कच्चा तेलको उत्पादन कटौती ९० लाख ब्यारेलमा पुगेको छ । यो कटौती साउदीले वर्षौयताको सबैभन्दा ठूलो कटौती थियो । साउदीको स्वेच्छिक उत्पादन कटौतीको खबरले सोमवार कच्चा तेलको भाउ बढेको थियो ।  तर मंगलवार बजार पुनः रातोमा आयो । अघिल्लो दिन भएको वृद्धि सबै गुम्यो । विश्वमा माग पूरा हुने गरी कच्चा तेलको आपूर्ति नहुने हो कि भन्ने भयलाई माग कमजोर रहने अपेक्षाले जित्दा तेल बजार दबाबमा आएको विश्लेषण गरिएको छ ।  बिहानी कारोबारदेखि नै बजार दबाबमा थियो ।  यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँँझ ५ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ प्रतिशतले घटेर ७४ डलर ९९ सेन्टमा आएको थियो ।  सोही समयमा अमेरिकी बेञ्चमार्क पनि  प्रतिब्यारेल २ दशमलव ०४ प्रतिशतले घटेर ७० डलर ४४ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा भने साउदीको घोषणा लगत्तै ब्रेन्टको भाउ २ डलर ६० सेन्ट र यूएस क्रुड ३ डलर ३० सेन्टले बढेको थियो ।  साउदीको पछिल्लो कदमले तेल बजारलाई टेवा दिने आशा गरिएको थियो । जुनमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्छ वा घटाउँछ भनेर हेर्नकै लागि लगानीकर्ताहरुले लगानी थाँती राख्दा तेल बजार दबाबमा आएको छ ।  अप्रिलमा प्रमुख तेल उत्पादकहरुले उत्पादन कटौतीको घोषणा गरेयता कच्चा तेलको भाउ झन्डै १० प्रतिशतले घटेको छ । ब्रेन्टको भाउघटेर प्रतिब्यारेल ७० डलरनजिक आयो । भाउ यो स्तरमा सन् २०२१ को डिसेम्बरयताकै न्यून थियो ।

तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने

२२ जेठ, काठमाडौं । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् । साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ । रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका […]

साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो । तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन्...

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।