साउदी अरामकोले तेलको उत्पादन बढाउने

साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोले तेलको उत्पादन ठूलो मात्रामा बढाउने भएको छ। तेल उत्पादनका लागि आवश्यक लगानी अरामकोले बढाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा मुनाफा दोब्बर भएपछि अरामकोले लगानी दोब्बर गर्ने भएको हो । अरामकोले आउँदो पाँच वर्षमा तेल उत्पादन बढाउने उद्देश्य लिएको छ। पछिल्लो महिना मागको […]

सम्बन्धित सामग्री

साउदी अरेबियाले हात उठाउँदै भन्यो,’अब यो भन्दा बढी हुँदैन’

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले शनिबार साउदी अरबले आफ्नो तेल उत्पादनलाई प्रतिदिन १ करोड ३० लाख ब्यारेल पुर्‍याउने प्रयास गर्ने बताएका छन् । तर यससँगै उनले तेल उत्पादन बढाउने आफ्नो सीमा पनि बताए । साउदीको जेद्दाहमा आयोजित अरब-अमेरिकी सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकले अहिले दैनिक एक करोड ब्यारेल तेल उत्पादन गरिरहेको बताए । युवराजले […]

बुधवार एकै दिन १३ प्रतिशतले ओरालो लाग्यो अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बुधवार तेलको भाउ एकै दिन १३ प्रतिशतले घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने बताएपछि तेलको भाउमा उक्त दिन २ वर्षयताकै उच्च एक दिने कमी आएको हो ।  बुधवार लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ प्रतिब्यारेल १३ दशमलव २ प्रशित अर्थात् १६ डलर ८४ सेन्टले घटेर १११ डलर १४ सेन्टमा आएको थियो । ब्रेन्टको भाउमा आएको यो कमी सन् २०२० को अप्रिल यताकै उच्च हो । सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुड फ्यूचर्सको भाउ पनि १५ दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल १०८ डलर ७ सेन्टमा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यूएस क्रुडको भाउ बुधबार १५ डलर ४४ सेन्टले घटेको छ । यो एक दिने कमी नोभेम्बरयताकै उच्च हो ।  अहिले यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । पछिल्लो समय विश्व बजारमा तेलको भाउमा भएको वृद्धि नियन्त्रण गर्न अमेरिकाले विश्वभरका तेल उत्पादक देशहरुलाई सकेको जति उत्पादन बढाउन भनिरहेको छ । अहिले तेलको मूल्य वृद्धि रोक्न माग धान्ने गरी उत्पादन बढाउन जरुरी छ । रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि  तेल बजारमा बुधवार कमी आएको हो । रुसी विदेश मन्त्री युक्रेनी समकक्षीसँग वार्ताका लागि बुधबार टर्की गएको खबरले पनि तेल बेजारमा  पछिल्लो समय देखिएका त्रास कम गरेको हो ।  रुसी तेलमाथि अमेरिका, बेलायत र ईयूले लगाएको प्रतिबन्धका कारण बजारमा उत्पन्न आपूर्ति अभाव ओपेकको अतिरिक्त तेल आपूर्तिले केही कम गर्न सक्ने सम्भावना पनि पछिल्लो समय देखिएको छ । रुस विश्वको शीर्ष कच्चा तेल र इन्धन निर्यातकर्ता हो । विश्वको कूल आपूर्तिको ७ प्रतिशत अर्थात् झन्डै दैनिक ७० लाख ब्यारेल तेल रुसबाट आउने गरेको छ । कच्चा तेल भन्डारणबाट थप तेल बजारमा ल्याउन सकिने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीको अभिव्यक्तिले पनि बुधवार तेलको भाउ घटेको हो । एजेन्सी