तेल उत्पादन घटाउने ओपेक प्लस देशहरूको निर्णय बारे केही आलोचना भएपछि साउदी अरबले अब एक विज्ञप्ति जारी गरेको छ । यसमा अमेरिकालाई विशेष निशाना बनाइएको छ । साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ ।साउदी अरबको विदेश मन्त्रालयले भन्यो, ‘ओपेक प्लस निर्णय पछि साउदी अरब बारे आएका बयानमा साउदी अरब अन्तरराष्ट्रिय द्वन्द्वमा पक्ष लिइरहेको र ऊ अमेरिकाविरुद्ध राजनीतिक रुपले प्रेरित भएको बताइएको छ ।’‘साउदी अरब यी बयानलाई कडाइका साथ अस्वीकार गर्