आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १० जनाको इहलिला समाप्त भएको दिन थियो त्यो । त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् । कहालीलाग्दो दर्दानाक अतित भनेर स्मरण गर्छन् । राजतन्त्रको जरा काटिएको दि