नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क हेर्ने हो भने अहिले पनि नेपालमा वार्षिक १४ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू भइरहेका छन् । देशभर करिब १४ हजार घरेलु हिंसाका घटना हुँदा प्रदेश २ मा कहालीलाग्दो अवस्था छ ।आर्थिक वर्ष २०७७–७८ मा देशभर कुल १४ हजार २३२ घरेलु हिंसाका घटना प्रहरीसमक्ष पुगेका छ । यीमध्ये झण्डै २५ प्रतिशत घरेलु हिंसाका घटना भने प्रदेश २ मा मात्रै भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर २ मा ३ हजार ५५६ वटा घरेलु हिंसाका घटना भएका छन् ।