काठमाडौं, असार १८ । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाएका छन्। संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका दाहाल र सोही सरकारको सहयोगी […]
काठमाडौं, फागुन २१ । नेपाली कांग्रेससहितको नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तार रणनीति बनाएका छन् । एमालेसहितको गठबन्धन गत १२ फागुनमा भत्किएपछि कांग्र्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका आठ दलीय गठबन्धनले सरकार विस्तार गर्ने तयारी गरेको हो । राष्ट्रपति निर्वाचन […]
धनगढी– सुदूरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेकाे छ । तर नागरिक उन्मुक्तिलाई बाहिर राखेर सरकार बनाउन एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् । त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, […]
उत्पादन नै बढ्न नसकेका कारण निर्यातमा कमी आउनु एक प्रकारले सरकारको असफलता नै हो । नेपाली उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्न सरकारले विकास साझेदारहरूको सहयोगमा एकीकृत व्यापार रणनीति (एनटीआईएस) बनाएर लागू गरेको लामो समयपछि पनि ती प्रमुख उत्पादनको निर्यात बढाउन भने सरकार असफल रहेको छ । पछिल्लो समयमा नेपालको निर्यात व्यापारमा सरकारको ध्यान जान नसकेको […]
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी […]
बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो ।नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो ।मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरका
अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । शाक्यको नेतृत्वमा प्रदेश सरकार गठन भएको दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा चासो नदेखाइएको हो । एमाले विभाजनपछि पार्टीका सांसदहरुलाई जोगाउने उद्देश्यले पनि मन्त्रिपरिषदलाई पूर्णता दिन ढिला गरिएको बताइन्छ ।सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै प्रदेशसभामा सरकार अल्पमतमा पर्ने देखिएको छ । एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने प्रदेशसभा सदस्यहरुलाई मन्त्री पदको आश्वासन दिएर भए पनि र
नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू बुधवार मात्रै प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् ।
मगलवार जाने तयारी गरे पनि झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा रथ तान्ने छुट्टी प्रदेश सरकारले दिएपछि उनीहरू बुधवार मात्रै आयोगमा जान लागेका हुन् ।
आयोगमा जानु भन्दा अगाडि रणनीति तयार गर्न भन्दै चार–पाँच दिनदेखि नेकपा (एस) तिर खुलेका सांसदहरू होटलमा बसिरहेका छन् । विराटनगरको एक होटलमा उनीहरू बसिरहेका छन् ।
त्यही होटलमा केन्द्रीय सदस्य महेश रेग्मी, घनेन्द्र बस्नेत, राजेन्द्र राईलगायतका नेता...