अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । शाक्यको नेतृत्वमा प्रदेश सरकार गठन भएको दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा चासो नदेखाइएको हो । एमाले विभाजनपछि पार्टीका सांसदहरुलाई जोगाउने उद्देश्यले पनि मन्त्रिपरिषदलाई पूर्णता दिन ढिला गरिएको बताइन्छ ।सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै प्रदेशसभामा सरकार अल्पमतमा पर्ने देखिएको छ । एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने प्रदेशसभा सदस्यहरुलाई मन्त्री पदको आश्वासन दिएर भए पनि र