हेटौंडा : बागमती प्रदेश सरकारले एक दर्जन ऐनलाई संशोधन गर्ने तयारी गरेको छ। सरकारले विभिन्न प्रयोजनको लागि बनाएको १३ वटा ऐनलाई एकीकृत रूपमा संशोधन गर्ने तयारी गरेको हो।ऐन कार्यान्वयनमा आउनुअघि नै संशोधन गर्नुपर्ने भएपछि प्रदेश सरकार त्यसैको तयारीमा जुटेको छ। ऐन कानुन निर्माणमा सुस्त गतिमा हिँडेको प्रदेश सरकार बनाएको ऐनलाई पनि संशोधन गर्न लागिपरेको छ। आवश्यक अध्ययन नगरि हतारमा ऐन कानुन बनाएको प्रदेश सरकारले फुर्सदमा संशोधन कार्यलाई अगाडि बढाएको छ।बागमती प्रदेशले हालसम्म ४९ वटा पूर्ण र ११ वटा