हेटौंडा : बागमती प्रदेश सरकार कानुन निर्माणमा अपरिपक्व देखिएको छ। प्रदेश सरकार स्थापना भएको करिब ५ वर्ष पुग्न लाग्दासम्म पनि कानुन निर्माणमा अपरिपक्व देखिएको हो। हतारमा कानुन निर्माण गरेर फुर्सदमा संशोधन गर्दै आएको बागमती प्रदेश सरकारले पछिल्लो २ वर्षयता कानुन निर्माण नै गर्न सकिरहेको छैन।देश संघीयतामा गएर पहिलो पटक प्रदेश स्थापना भएपछि बागमती प्रदेश सरकारले फाष्ट ट्रयाकबाट दुई वर्षभित्रमा सरकार सञ्चालनको लागि आवश्यक पर्ने ९९ वटा कानुन निर्माण गरिसक्ने दाबी गरेको थियो। तर सरकार स्थापना भएको