हेटौंडा : केन्द्र सरकारमा नेकपा (एकीकृत समाजवादी)को मन्त्री फेरबदलले २० दिनसम्म दबावमा बसेको गठबन्धनमा पुनः बागमती सरकार पुनर्गठनको विषयले हलचल भएको छ।समाजवादीले केन्द्र सरकारमा रहेको आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न नाम पठाएको २० दिनसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त नगरेको भन्दै गठबन्धनमा विवाद नै सिर्जना भएको थियो। आफूले मन्त्री फेरबदल गर्न नाम पठाएको लामो समयसम्म पनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै द