विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग अहिलेसम्म कतै पनि नखुलेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले भेटवार्ता गरेका छन् ।
शुक्रवार बिहान प्रचण्डलाई भेट्न गौतम खुमलटार पुगेका थिए । दुवै नेताहरूबीच आधा घण्टा कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ ।
भेटमा प्रचण्डले गौतमलाई आफ्नो पक्षमा खुल्न सुझाव दिएका थिए गौतमले केही दिन पर्खन प्रचण्डलाई आग्रह गरेका छन् ।
त्यस्तै गौतमले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यस्थितिका बारेमा चासोसमेत राखेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारि...