प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमा पुग्नका लागि आफ्नै गुरुलाई समेत पार्टीबाट लखेट्ने गरेको आरोप लगाएका छन् ।
प्रचण्डलाई कम्युनिस्ट तालमा हिँडाउन आफूले ३ वर्ष तालिम दिए पनि असफल भएको बताए ।
‘जस्केलाबाट छिरेर विभिन्न पदमा छिर्ने बानी परेका व्यक्तिले मोहन वैद्य अर्थात् आफूलाई राजनीतिमा ल्याउने गुरुलाई लखेटेर कता पुर्याए, एकपल्ट डा. बाबुराम भट्टराईलाई प्रयोग गर्नुसम्म गरे, उनलाई त्यतिखेर डा. लेखेको एउटा मान्छे चाहिएको थियो, त्यो पनि खास ठाउँको । खुब प्र...