गाउँमा मात्र होइन, सहरमा पनि कायम छ धामी–झाँक्री प्रथा

रामेछाप जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ । गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको …