धनगढी : कैलालीको लम्की चुहा नगरपालिकामा लागुऔषध र प्रतिबन्धित औषधि बिक्री गरेको अभियोगमा स्थानीय एक स्वास्थ्य क्लिनिकका सञ्चालक आज पक्राउ परेका छन्।
लम्की चुहा नगरपालिका–४ स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्लिनिकका सञ्चालक मेसक कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता