पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत खुलेको आयोगले जनाएको छ । उनले समीक्षा अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ प