खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १८ करोड अकुत सम्पत्ति आर्जेको आरोप
काठमाडौं । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागमा काम गरेका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे र उनकी पत्नीविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग गर्दै आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे । अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।तत्कालीन नासु गणपति झाविरुद्ध करिब साढे २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव) बाट सरकारी सेवा […]
काठमाडौं : जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंयाको सम्पत्ति स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालत काठमाडौं आरोप पत्र दायर गरेको हो। झाले गैरकानूनी रुपमा कमाएको अकुत सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति उनकी श्रीमती मिनादेवी झा र छोराहरु दिवाकर, शिवाकरण र करुणकर झाको नाममा राखेको देखिएकाले जफतका लागि उनीहरु
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको […]
पूर्वसचिवसमेत रहेका श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।...
काठमाडौं (अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वमन्त्री तथा पूर्वसचिव समेत रहेका श्रेष्ठमाथि सार्वजनिक सेवा प्रवेश गरेयता गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको अभियोग छ ।
अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको छ । गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे/बढाएको चलअचल सम्पत्ति घर, जग्गा एवं बैंक मौज्दात गरी ६८ लाख ५० हजार ९५३ रुपैयाँ देखिएकाले उक्त रकम जफत गर्न र बिगोबापतको बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न अख्तियारको माग दाबी छ ।
श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको स्रोत नखुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनका लागि समेत सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरूरूको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न अख्तियारले अदालतसमक्ष माग दाबी गरेको छ ।
काठमाडौँ, १५ फागुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज (आइतबार) विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको बुझिएको छ । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको […]