सुब्बा सावको साढे २ करोड सम्पति

काठमाडौं । नायव सुब्बा तहका कर्मचारीले करोडौं रकम कमाएको आरोपमा धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्न थालेका छन् । यसैक्रममा अख्तियारले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झाले २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ ५१ पैसाको स्रोत खुलाउन नसकी अकूत सम्पति आर्जन […] The post सुब्बा सावको साढे २ करोड सम्पति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सम्पति शूद्धिकरण मुद्दामा सिंहलाई ३ वर्ष कैद, २ करोड २६ लाख जरिवाना

काठमाडौँ – विशेष अदालतले सुनिलकुमार सिंहलाई सम्पति शूद्धिकरण मुद्दामा ३ वर्ष कैद दुई करोड २६ लाख जरिवाना गरेको छ। फागुन १५ गते सिंह र उनीकी श्रीमती मिना कार्कीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई १ […]

मुख्यमन्त्री राईको खातामा ८६ लाख नगद, कानून मन्त्रीको बजारभरी घडेरी

माघ ६, विराटनगर । प्रदेश  नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दम्पत्तीको बैंक खातामा ८६ लाखभन्दा बढी नगद रहेको खुलेको छ । मुख्मयन्त्री राईले पेश गरेको सम्पत्ती विवरणमा उक्त बराबरको नगद रहेको उल्लेख गरेका छन् । यद्यपि मन्त्रीहरूले पेश गरेकोभन्दा सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्रीकै देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रुपैयाँ र आफ्नो नाममा दुई ओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख छ । राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व विक्री र माइती पक्षबाट पाएको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । केदार कार्कीको बजारभरी घडेरी यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी उनको नभई पत्नी शान्तादेवी बस्नेतको नाममा छ । विराटनगर महानगरपालिका–७ को मुख्य बजार क्षेत्रमा ६ ओटा घडेरी र विराटनगर–९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा छ । बुढीगंगा गाउँपालिका–२ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ । कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकको जागिरे हुन् । बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका कार्कीले बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गरेका छन् । विराटनगरको सात ओटा ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरिद गरेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ छ । आर्थिक मामिलामन्त्री आङ्बोले बढाए ४२ लाख ऋण आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् । दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएका उनले २५० ओटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण भरेका छन् । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गरेका छन् । फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ । आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख गरेका थिए । मन्त्री हिमाल कार्कीको साढे ९ बीघा जग्गा, ४० लाख बचत भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करीब साढे ९ बीघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बीघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई ओटा भैंसी, कुखुराको फर्म र ३ ओटा माछा पोखरी पनि छ । जयरामको काठमाडौंमा घर सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन् । यादवको काठमाडौं महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर छ । काठमाडौंको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको विवरण पेस गरेका मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी पनि छ । यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ । उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख रुपैयाँ लगानी छ । त्यसबाहेक विभिन्न ८ ओटा कम्पनीको शेयर किनेका छन् । ४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गरेका यादवले गाईभैंसी, पाडापाडी, बाच्छाबाच्छी, बाख्रा, घरायसी फर्निचर, इलेक्ट्रोनिक्स सामाग्री र बोट विरुवा पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तुम्बाहाङ्फेको १० धुर घडेरी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।

नेप्सेमा नेशनल माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि आज माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  कम्पनीको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६१४.२९ पैसा कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६६० रुपैयाँ थियो ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।   यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने।(३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक के.ए.एस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुनेछ) ।(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ४१,९०,५३,५५२१५० (रु. एकचालिस करोड नब्बे लाख त्रिपन्न हजार पाँच सय बाउन्न र पैसा पचास) को ०५ प्रतिशतले हने नगद लाभांस रु.२,०९,५२,६७७६३ वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।ख. विशेष प्रस्तावः(१) आ.व. २०७७७८ को मुनाफाबाट १०:४ (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ता वा प्रत्येक शेयरको ४०% को अनुपातमा बोनश शेयर जारी गरी वित्तीय संस्थाको चुक्ता पूँजी रु.५८,६६,७४,९७३।५० (अक्षरुपी अन्ठाउन्न करोड छैसठ्ठी लाख चौहत्तर हजार नौ सय तिहत्तर पैसा पचास) पुयाउने।(२) यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त 'घ' बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार कानुन परामर्शदाता, सम्पति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्यांकनकर्ता, तथा लेखापरीक्षक नियुक्त गर्ने, नीजहरुका पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशन बमोजिम गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने।(३) वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) तथा नियमावलीको दफा ३२(ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने।

नेशनल माइक्रोफाईनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha  को लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।   यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने।(३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक के.ए.एस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुनेछ) ।(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ४१,९०,५३,५५२१५० (रु. एकचालिस करोड नब्बे लाख त्रिपन्न हजार पाँच सय बाउन्न र पैसा पचास) को ०५ प्रतिशतले हने नगद लाभांस रु.२,०९,५२,६७७६३ वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।ख. विशेष प्रस्तावः(१) आ.व. २०७७७८ को मुनाफाबाट १०:४ (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ता वा प्रत्येक शेयरको ४०% को अनुपातमा बोनश शेयर जारी गरी वित्तीय संस्थाको चुक्ता पूँजी रु.५८,६६,७४,९७३।५० (अक्षरुपी अन्ठाउन्न करोड छैसठ्ठी लाख चौहत्तर हजार नौ सय तिहत्तर पैसा पचास) पुयाउने।(२) यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त 'घ' बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार कानुन परामर्शदाता, सम्पति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्यांकनकर्ता, तथा लेखापरीक्षक नियुक्त गर्ने, नीजहरुका पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशन बमोजिम गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने।(३) वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) तथा नियमावलीको दफा ३२(ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने।

४५ प्रतिशत लाभांश घोषणा गरेको नेशनल माइक्रोफाईनान्सको साधारणसभा आह्वान

नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने। (३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक के.ए.एस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुनेछ) । (४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ४१,९०,५३,५५२१५० (रु. एकचालिस करोड नब्बे लाख त्रिपन्न हजार पाँच सय बाउन्न र पैसा पचास) को ०५ प्रतिशतले हने नगद लाभांस रु.२,०९,५२,६७७६३ वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।ख. विशेष प्रस्तावः (१) आ.व. २०७७७८ को मुनाफाबाट १०:४ (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ता वा प्रत्येक शेयरको ४०% को अनुपातमा बोनश शेयर जारी गरी वित्तीय संस्थाको चुक्ता पूँजी रु.५८,६६,७४,९७३।५० (अक्षरुपी अन्ठाउन्न करोड छैसठ्ठी लाख चौहत्तर हजार नौ सय तिहत्तर पैसा पचास) पुयाउने। (२) यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त 'घ' बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार कानुन परामर्शदाता, सम्पति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्यांकनकर्ता, तथा लेखापरीक्षक नियुक्त गर्ने, नीजहरुका पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशन बमोजिम गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने। (३) वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) तथा नियमावलीको दफा ३२(ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने।