इन्डोनेसियामा डेल्टा भेरियन्टको कहर, अक्सिजन अभावले एउटै अस्पतालमा ६३ को मृत्यु

एजेन्सी।संसारको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। गत सातादेखि अचानक संक्रमितको संख्या बढेको छ भने अक्सिजन अभावमा संक्रमितको मृत्यु हुन थालेको छ।बाली, जाभा र जकार्तामा लकडाउन गरिएको छ।जाभाको सारदजितो अस्पतालमा अक्सिजन अभावमा ६३ जनाको मृत्यु भएको छ। स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले विदा र पर्वपछि कोरोना संक्रमणदर तीव्र बनेको जानकारी दिएका छन्।

सम्बन्धित सामग्री

क्यान्सर अस्पतालमा अक्सिजन अभाव

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिन्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करीब १८० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ ।  अस्पतालको अक्सिजन प्लान्टको ५० वटा मात्रै सिलिन्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल...

अस्पतालमा अक्सिजन उपलब्ध गराउँदै सङ्घसंस्था

डडेल्धुरा । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् । अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न […]

भेरी अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने

भेरी अस्पताल नेपालगन्जमा दीर्घकालीन रूपमा अक्सिजन संकट समाधानका लागि निकास खोजिने भएको छ । अर्थ मन्त्रालयले अस्पतालमा कोभिडको महामारी नियन्त्रण र उपचारका लागि १५ करोड निकासा दिने निर्णयसँंगै दीर्घकालीन रूपमा अक्सिजन समस्या समाधानका लागि उपाय खोज्ने बाटो अघि बढेको हो ।पछिल्लो समय अस्पतालमा अत्यधिक मात्रामा अक्सिजनको खपत बढेपछि अक्सिजन टान्सपोर्ट सिस्टमले नधान्ने हुँदा लिक्विड अक्सिजन […]

बेनी अस्पतालमा अक्सिजन बैंक

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ। अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो।

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ । सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आव...

नारायणी अस्पतालमा छैन अक्सिजन प्लान्ट

पर्सा । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तवले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख