नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको प्रवृत्ति र आफूहरुको प्रवृत्ति फरक भएको जिकिर गरेका छन् । विपक्षी गठबन्धनले बानेश्वरस्थित संसद्को ल्होत्से हलमा आयोजना गरेको नागरिक समाजसँगको अन्तरक्रियामा प्रचण्डले संविधान ध्वस्त पार्ने र बचाउन लाग्ने व्यक्ति एउटै प्रवृत्तिको हुन नसक्ने बताए । ‘ओली प्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको छ । हामी त्यसका विरुद्धमा लागिरहेका छौं । हामी कसरी ओलीजस्तै भयौं ?&rsq