जबराद्वारा खण्डनभन्दा बढी प्रतिप्रश्न

काठमाडौं, भदौ १६ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गरे । आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उनले प्रतिप्रश्न गरे। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको न्यायाधीश बन्न आग्रह

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रक्रियाको १२ घण्टाभन्दा लामो बयान सकिएको छ । मुख्य ४३ वटा र तीन दिनसम्म थप केही प्रतिप्रश्नसमेत गरेर उहाँले समितिमा १२ घण्टाभन्दा बढी समय जवाफ दिनुभयो । उहाँलाई समितिले पाँच दिन बयान लिएको छ । केही प्रतिप्रश्न आवश्यक भएमा उहाँलाई पुनः बोलाउने समितिको तयारी छ तर औपचारिक निर्णय भएको छैन । भदौ १५ गतेदेखि मङ्गलबारसम्म पाँच दिन उहाँसँग बयान लिइएको थियो ।

खण्डनभन्दा बढी प्रतिप्रश्न

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गर्नुभयो। आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उहाँले प्रतिप्रश्न गर्नुभएको छ। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उहाँले जिकिर गर्नुभयो। निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो। जबराको बयान बिहीबार पनि जारी रहनेछ।

जबराद्वारा खण्डनभन्दा बढी प्रतिप्रश्न

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गरे । आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उनले प्रतिप्रश्न गरे। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उनले जिकिर गरे । निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको

सहकारीको कर वृद्धिप्रति सांसद खतिवडाको आक्रोश

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाले सहकारीको कर वृद्धि गरेकोमा सरकारप्रति तीब्र आक्रोश व्यक्त गरेका छन् । बजेटमार्फत सहकारीको कर ५० प्रतिशतले वृद्धि गरेको भन्दै सांसद खतिवडाले सरकारले निरीह सहकारी क्षेत्रको घाँटी च्याप्ने काम गरेको आरोप लगाए ।‘संविधानले नै तीन खम्बे अर्थनीतिको रुपमा एउटा खम्बाको रुपमा सहकारीलाई मान्यता दिएको छ । ६० लाख भन्दा बढी जनता प्रत्यक्ष रुपमा जोडिएको र ३५ हजार हारहारीमा रहेको सहकारीमा किन कर बढाइयो ?’ सांसद खतिवडाले प्रतिप्रश्न गरे, &l

डीडीसीविरूद्ध सुजल डेरी अदालतमा

दुग्ध विकास संस्थान (डीडीसी) र सुजल डेरीबीचको दूध खरिद विवादले उग्र रूप लिएको छ । सुजल डेरीले आफूले बेचेको दूधको भुक्तानी नगरेको भन्दै संस्थानले त्यसका लागि सार्वजनिक सूचना निकालेपछि विवादले उग्र रूप लिएको हो । दुग्ध विकास संस्थानका अनुसार सुजल डेरीले संस्थानलाई रू. ९३ लाख तिर्न बाँकी छ । विवाद बढ्दै गएपछि सुजलले काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेको छ । संस्थानलाई बढी भएको दूध सुजललाई विक्री गर्ने सम्झौता दुई संस्थानबीच भएको थियो । संस्थानले सम्झौताको बेवास्ता गर्दै दूध उपलब्ध नगराएको आरोप सुजल डेरीले लगाएको छ । संस्थानले भने दूध बढी भएको समयमा मात्र दिने सम्झौता भएको दाबी गरेको छ । ‘हामीले दूध भएको समयमा दिएका छौं दूध संकलनमा कमी आएपछि दिन सकेनौ’ संस्थानका प्रवक्ता सियारामप्रसाद सिंहले भने । संस्थानले विक्री गरेको दूधको पैसा सुजल डेरीले तिर्न आलटाल गरेपछि सार्वजनिक सूचना निकालेको उनले बताए । ‘हामी आफै दूध नभएर धूलो दूध किनिरहेका छौं । यस्तो बेला कसरी अर्को कम्पनीलई दूध बेच्न सक्छौं ?’ उनले प्रतिप्रश्न गरे । संस्थान र सुजल डेरीबीच धेरै दूध उत्पादन हुने ‘फ्लस सिजन’मा १५ देखि २५ हजार लिटर दूध खरिद विक्री गर्ने करार सम्झौता गत कात्तिकमा भएको थियो । सुजल डेरीले यस विषयलाई लिएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

बजार नपाउँदा चितवनमा बारीमै कुहिन थाल्यो गोलभेडा

वैशाख १७, चितवन । चितवनमा अन्य तरकारीले मूल्य र बजार पाएपनि गोलभेंडाले भने बजार पाएको छैन । उत्पादनमा अत्याधिक वृद्धि भई यसको अनुपातमा विक्री नभएपछि किसानहरु घाटामा परेका छन् । उनीहरुले लागतको आधाभन्दा पनि कम मूल्यमा पनि बजार नपाएको बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर २६ का नारायण सापकोटा ढुवानी खर्चसमेत नउठ्ने भएपछि बारीमै गोलभेडा कुहिने गरेको बताउँछन् । ‘एककेजी गोलभेडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी चार रुपैयाँमा बारीबाटनै लैजानुसभन्दा पनि ग्राहक आएनन्’, उनले भने । अहिले बारीमै कुहिएर खेर जानेभएपछि सित्तैमा लैजान अनुरोध गरेको उनले बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी गोलभेडाको खेती गरेका किसान बोटबाट टिप्नै छोड्नु पर्ने अवस्थामा पुगेको बताउँछन् । ‘गोलभेडा बेचेर लागतको कुरा छोडौं, टिप्ने खर्च र बजारसम्म लैजाने ढुवानी खर्च पनि पनि उठ्दैन अनि  गोलभेडा टिपेर के फाईदा ?’, उनले प्रतिप्रश्न गर्दै भने ।  कतिपय किसानले मुश्किलले एक क्रेट गोलभेडालाई १०० देखि २००  रूपैयाँमा बेचिरहेका छन् । त्यसमा प्रतिकिलो आठ रूपैयाँ ६९ पैसा किसानले पाउँछन् । जसका कारण उनीहरु ठूलो नोक्सानमा परेका हुन् ।  ‘यस्तो अवस्था आयो भने किसानले अब गोलभेडा लगाउनै छाड्छन् उनले भने, ‘बोडी, घिउसिमी, क्याप्सिकम, बन्दा, मूला, गाजरलगायतका तरकारीको बरु भाउ राम्रो छ ।’  यतिबेला भरतपुर महानगर तरकारी बजारमा गोलभेडा प्रतिकिलो मुश्किलले १० देखि  २० रूपैयाँमा विक्री भइरहेको त्यहाँका व्यवसायीहरु बताउँछन् । महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेडा एकैचोटि बजारमा आएका कारण भाउ नभएको बताए ।  ‘गोलभेडा किसान यसपटक साह्रै मर्कामा परे, के गर्नु उत्पादन धेरै भयो’, उनले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले यसपटकको सिजनमा चितवनमा गोलभेडाको उत्पादन ज्यादा बढी हुनु र मौसमका कारण एकैचोटि पाक्ने अवस्था भएकाले मूल्य नभएको बताए । उनले भने, ‘गोलभेडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न, जसका कारण तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ नभएको हो ।’ तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेडा उत्पादन भइरहेको छ । चितवन जिल्लामा दैनिक तीन टन गोलभेडाले माग पुरा गरेको छ । अन्य गोलभेडा ज्यादै सस्तोमा पोखरा, काठमाडौंलगायतका बजारमा गइरहेको छ । गोलभेडाबाहेक अन्य तरकारीको भाउ पछिल्लो एक महीनाको अवधिमा २० देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ । यतिबेला किसानको बोडी बारीबाटै १२० रूपैयाँसम्म विक्री भइरहेको छ । एक महीनाअघि सो मूल्यमा ३० प्रतिशत कमी थियो । त्यस्तै, अहिले घिउसिमी ११० रूपैयाँ प्रतिकिलोमा किसानको बारीबाटै उठिरहेको छ । एक महीनाको बीचमा करेला, खुर्सानी, क्याप्सिकम, मूला, गाजर, बन्दा, काउलीलगायतका तरकारीमा पनि १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ । सूचना अधिकारी पौडेलका अनुसार  उत्पादन कम भएका तरकारीहरुको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम रहेको पाइएको छ । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’