रमनलाई न्यायाधीश खतिवडाको प्रतिप्रश्न– विश्वास नपाएकाले नै होइन र विघटन गर्ने ?

जवाफी बहसका क्रममा पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले विश्वासको मत नपाएको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिश गर्न नमिल्ने बताएपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रतिप्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा बहसका क्रममा न्यायाधीश खतिवडाले सोधे– विश्वासको मत नपाएको प्रधानमन्त्रीले विघटन सिफारिश गर्न मिल्दैन भन्नुभयो, विश्वासको मत पाएको मान्छेले त गर्नै सक्दैन । विश्वासको मत नपाएकाले नै गर्ने होइन र ? जवाफ...