काठमाडौं : चुच्चेपाटी–गोकर्ण सडकखण्डको महांकाल चोकनजिकै ढल बगेर सडक जलमग्न भएपनि काठमाडौं महानगरपालिकाले मर्मत गरेको छैन।३ महिनादेखि ढल सडकमा बगे पनि काठमाडौं महानगरपालिकाले मर्मत नगरेको हो।ढलका कारण ती क्षेत्र दुर्गन्धित हुँदा स्थानीय मारमा परेका छन्। स्थानीय निमा शेर्पाका अनुसार ढल बगेको ठाउँमा दैनिक सवारीसाधन पनि दुर्घटना हुने गरेको छ।उनले भनिन्, ‘यहाँ ढल बगेको ३ महिनाभन्दा बढी भइसक्यो, खै अहिलेसम्म कसैले मर्मत गरेन। सडक पिच छैन,यही ढलमा दैनिक ५/६ वटा मोटरसाइकल चिप्लेर दुर्घट