निषेधाज्ञाले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएन : जनस्वास्थ्यविद्

 कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहर विस्तारै घट्न थालेको छ । संक्रमणको ग्राफ ओरालो लागेसँगै स्वास्थ्य संस्थाहरुमा संक्रमित बिरामीले सहज रुपमा बेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर पाउन थालेका छन् ।सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि निषेधाज्ञा जारी गर्दै आए पनि अपेक्षा गरिएजस्तो संक्रमण, मृत्यु दर नघटेको जनस्वास्थ्यविज्ञ बताउँछन् । डेढ महिनादेखि निरन्तर निषेधाज्ञाको बाबजुद पनि संक्रमणको ‘चेन ब्रेक’ हुन नसकेको उनीहरुको भनाइ छ । आइतबारमात्र २ हजार ४

सम्बन्धित सामग्री

माघभित्रै कोरोना संक्रमण विष्फोटक अवस्थामा पुग्न सक्छः जनस्वास्थ्यविद्

काठमाडौं, ५ माघ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेयले माघ महिनाभित्र कोरोना भाइरस विष्फोटक स्थितिमा पुग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनस्वास्थ्यविद् डा. पाण्डेयले भने, “कोरोना संक्रमण बढ्दो रफ्तारमा छ । हिजो एकै दिन १० हजार संक्रमित थपिए । महामारीमा विभिन्न लहर आउँछन्, भारतमा […]

जनस्वास्थ्यविद्को चेतावनीः “भित्रभित्रै डेल्टा भेरियन्टले झुक्याउन सक्छ”

काठमाडौं, ३० पुस । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले तत्काल जनस्वास्थ्य कानुन लगाउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनस्वास्थ्यविद् डा. मरासिनीले भने, “तथ्यांक आफै बोल्छ । दैनिक ३० जना कोरोना संक्रमितबाट ३५, ३६ सय पुगिसक्यो । अबको ७ दिनमा […]

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्त...

तथ्यांकमा जति घटेको छैन संक्रमण

काठमाडौं, असार १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए। ‘समुदायमा संक्रमण दर बढी छ’, उनले भने। कर्माचार्यका अनुसार अहिले परीक्षण संख्या कम रहेकाले समुदायमा भएभन्दा कम […]

‘सगरमाथा’ नजिक पुग्यो कोरोना संक्रमण, अब घट्छ : जनस्वास्थ्यविद्

मदन ढुंगाना/माया श्रेष्ठभारतमा कोभिड १९ को दोस्रो लहर तीव्ररूपमा बढ्न थालेपछि त्यसको असर नेपालमा पनि पर्ने त निश्चित नै थियो । सरकार र आम नागरिक अघिल्लो पटकजस्तै त होला नि भन्ने सोचमा थिए । तर, यसपटकको नयाँ भेरियन्टको कोरोना संक्रमण दर तीब्र मात्रै भएन, मृतकको सङ्ख्या पनि अत्यधिक बढ्न थालेको छ ।सरकारले उपत्यकामा निषेधाज्ञा सुरु गर्नुभन्दा एक साता अघिसम्म २ हजार ४२८ जना संक्रमित भई जम्मा ५ जनाको मृत्यु भएकोमा निषेधाज्ञाको १२ औं दिन अर्थात् वैशाख २७ गते ९ हजार २७१ जना संक्रमित बने भने १३९ जनाले ज्

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्याे

कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा

दलहरुकै कारण कोरोना जोखिम

कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्य...

यी ११ कारणले निषेधाज्ञामा पनि कोरोना संक्रमण बढिरहेको हो : डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले संक्रमण बढिरहनाका ११ कारण प्रस्तुत गरेका छन् भने निषेधाज्ञा जारी नगरी कसरी कोरोना संक्रमण नियन्त्रण गर्ने भन्नेबारे १५ उपाय अपनाउन सुझाव दिएका छन् ।