कालीकोट – कालीकोटमा उत्पादन हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत शेयर भारतीय कम्पनीलाई दिने निर्णय भएकाे छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त कम्पनीको शेयर भारतीयलाई दिने निर्णय गरेको हो । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत शेयर दिएर संयुक्त कम्पनी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बा...