भारतीय कम्पनी एसजेभिएनले पायो ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना निर्माणको ठेक्का

भारतीय कम्पनीले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण ठेक्का औपचारिक रूपमै हात पारेको छ । प्रदेश नम्बर १ को सङ्खुवासभा र भोजपुर जिल्लाको सीमा नदी अरुणमा बन्ने उक्त जलविद्युत निर्माणको ठेक्का भारतीय कम्पनी एसजेभिएन लिमिटेड इण्डियाले पाएको हो । आइतबार एक समारोहका बीच नेपाल सरकार, लगानी बोर्डको कार्यालय र निर्माण कम्पनी एसजेभिएनबीच परियोजना निर्माणको सम्झौता (एमओयू) भएको छ ।समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्