जाजरकोट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका तर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको शुरुआत गरेका छन्। भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीका लागि अस्थायी संरचना बनाएर अभियानको शुरुआत गरिएको हो। भूकम्पपीडितका कम्तीमा १ सय घर निर्माण गरेर हस्तान्तरण गरिने जानकारी अध्यक्ष नेपालले दिए। यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा उनले जोड दिए।अध्यक्ष नेपाल