दार्मा गाउँपालिकामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर १७ कार्त्तिकमा गएको भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएका सर्वसाधारण आफैँ र विभिन्न संघसंस्था तथा स्वयमसेवकहरुको सहयोग समेत गरी दार्मामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका हुन् ।