ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको छ । गत असार पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण पीडित तथा प्रभावित बनेका परिवारलाई स्थानान्तरण गर्न अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको हो ।
सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको आर्थिक सहयोगमा भूकम्प पीडितका लागि सय वटा १० वटा अस्थायी टहरा निर्माण भएका छन्। पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पारिश्रमिकबाट रकम उपलब्ध गराएर व्यक्तिगत रूपमा ती टहरा निर्माणका लागि सहयोग गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले भूकम्प प्रभावितका अस्थायी आवास निर्माणमा सहयोग गरेका छन्। नेता शाहीले जाजरकोट […]
दाङ–लमही बसपार्कको केही भाग अतिक्रमण गरेर बनाइएका टहरा हटाइएको छ। टहरा निर्माण गरेर चिया तथा खाजा पसल सञ्चालन गरिएको थियो। लमही नगर विकास समितिले टहरा खाली गराएको जनाएको छ। सुरक्षा निकायको साथ लिएर करिब ३२ वटा टहरा खाली गराइएको छ। बसपार्क भित्रको एउटा किनारमा आफुखुसी टहरा निर्माण गरेकाहरुलाई व्यवस्थीत गर्न नगर विकास समितिले त्यहाँबाट हटाएको […]
१२ मंसिर, काठमाडौं । गत १७ कात्तिकमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको दुई वटा माध्यमिक विद्यालयका लागि अनेरास्ववियुले अस्थायी टहरा निर्माण गरेको छ । अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्तीको नेतृत्वको समूहले आदर्श माविको लागि ९ वटा अस्थायी टहरा र जनविकास माविको लागि ७ वटा अस्थायी टहरा निर्माण गरी सम्बन्धित विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण […]
काठमाडौँ : नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयमसेवक टोली त्यसतर्फ पठाउने भएको छ।महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग गर्न एकजना निर्माण विज्ञ, दुईजना द
मङ्गलबारे, ३१ असार । इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले २० लाख र उपभोक्ताले छ लाख १२ हजार पाँच सय खर्च गरेका […]
काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित आइप्लेक्स मल अगाडि मापदण्ड मिचेर ब्यापारिक प्रयोजनको टहरा निर्माण हुँदैछ । सो टहरा रत्नकेशरी कनौडियाले बनाउन लागेका हुन् । ३ रोपनी जग्गा रहेको सो ठाउँमा पहिलेदेखि नै पसलहरु सञ्चालनमा थियो । अहिले सो पसल भत्काएर नयाँ टहरा निर्माण गर्न थालिएको छ । टहरा निर्माण गर्न नगरपालिकाबाट नक्सा पास गर्नुपर्छ । तर, कनौडियाले नक्सा पास गराएका छैनन् ।नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाने मुख्य सडक ८ मिटरको छ । जग्गाको दायाँतिर ८ फिटको गल्ली छ । सो गल्लीको नाम हो
सोलुखुम्बुको महाकुलुङमा अवस्थित मेरापिकको बेसक्याम्प र हाइक्याम्पमा अनधिकृत टहरा निर्माण गरेको पाइएको छ। आरोहण खुल्ला गरिएको हिमालमा आरोहणबाहेकका गतिविधि गर्न नपाइने कानुनी व्यवस्था भए पनि मेरापिकको बेसक्याम्प र हाइक्याम्पमा व्यवसायीक...
कञ्चनपुर : कृष्णपुर नगरपालिका-४ बेलकुण्डी वन क्षेत्रको जग्गा कव्जा गरी बनाइएका टहरा भत्काइएको छ। सब डिभिजन वन कार्यालय वाणिका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले सोमबार टहरा भत्काइएको हो।वन क्षेत्रमा निर्माण गरिएका ३० भन्दा बढी घर टहरा भत्काइएको सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख बालमुकुन्द भट्टले जानकारी दिए।‘घर टहरा निर्माण गरिएको क्षेत्रमा सिमेन्टका पिल्लरसहित गरिएको तारवार समेत हटाएका छौं‚’ उनले भने, ‘पटक पटक यस क्षेत्रको अतिक्रमण ह
कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।