सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ । यूनिसेफका प्रतिनिधिले हालै बालबाल...