शीतलहरले विपन्न बस्तीको अवस्था दयनीय, तस्वीरहरू

रौतहट : लगातार डेढ सातादेखि बढेको शीतलहरबाट रौतहटको जनजीवन प्रभावित बनेको छ। जिल्लाका गरिब तथा विपन्न बस्तीमा यतिवेला जाडोले जनजीवन प्रभावित भएको हो।जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिवेला विहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका रौतहटका गरिब तथा विपन्नहरूका लागि अहिलेको शीतलहर र ठन्डी अभिशाप बनेको छ।घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्या